Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजलासमा चर्काचर्की, कहिले आउँला संसद विघटनसम्बन्धी मुद्दाको फैशला ?

इजलासमा चर्काचर्की, कहिले आउँला संसद विघटनसम्बन्धी मुद्दाको फैशला ?


काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई अब मंगलबार मात्रै हुने भएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुबीच आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारेमात्रै बहस भएपछि संसद विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले जिकिर गर्दा सरकारी वकिलले त्यसको प्रतिवाद गर्दैआएका छन् । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण संसद विघटनको मुद्दा हेर्दा निश्पक्ष न्याय सम्पादन हुनेमा आशंका गरिएको छ ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने जिकिर प्रस्तुत गर्दा इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन आग्रह गर्नुभएको थियो । अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै प्रधानन्यायाधीश राणाले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा वरिष्ठ अधिवक्ता थापाले त्यस्तो लागे बिदा बस्न सकिने बिकल्पसहितको सुझाव दिनुभएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ समेत संलग्न इजलासले ऋषि कट्टेलको मुद्दामा नाम मिलेकोमा अर्को नाम राख भन्नू पर्नेमा निवेदकको माग विपरित एक कदम अगाडि बढेर राजनीतिक रुपमा पूर्वाग्रही भएर एमाले र माओवादीलाई साविकको अवस्थामा फर्काउने काम गरेको अधिवक्ताहरुको दाबी छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गर्दै त्यो फैसला र यो मुद्दामा के जोडिएको छ ? यसरी बहस गर्न मिल्दैन भनेपनि गोबिन्द बन्दीले त्यो फैसला नभएको भए अहिलेको स्थिति नआउने भएकाले यो मुद्दासँग सरोकार भएको जवाफ फर्काउनुभएको थियो । न्यायाधीशकै बिषयमा बिवाद भएपछि बहसलाई हेर्दा हेर्दैमा राखिएको छ । आगामी मंगलबार फेरि सुनुवाई हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6