यूएईबाट नेपाललाई स्वास्थ्य सहायता
काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई)ले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध लड्न भन्दै स्वास्थ्य सहायता उपलब्ध गराएको छ । यूएईले बुधबार विहान विशेष विमानबाट ती स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई यूएईका प्रतिनिधिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।















तपाईको प्रतिक्रिया