Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकहिले सार्वजनिक गर्लान नीजी अस्पतालले उपचार सेवा र शुल्कको विवरण ?

कहिले सार्वजनिक गर्लान नीजी अस्पतालले उपचार सेवा र शुल्कको विवरण ?


काठमाडौं । सिंगो विश्व यतिबेला कोरोना भाइरसको महामारिसँग जुधिरहेको छ । यो संकटमा नेपाल पनि अछुतो छैन । तर विश्वका अधिकांश नागरिकले राज्यको सहयोग, साथ, आँट र भरोसा पाइरँदा हाम्रोमा भने नागरिकहरु उपचार सेवा नपाएको, पाउँदा समेत चर्को मुल्य तिर्नुपरेको गुनासो गरिरहेका छन् ।

हुन त, नागरिकको गुनासो र आवाज नसुन्ने सरकारलाई सर्बोच्च अदालतले समेत बैकल्पिक उपचारको व्यवस्था गरेर भएपनि हरेक नागरिकलाई सहज र सहुलियत उपचार सेवा दिनु भन्दै अन्तरिम आदेश जारि गरेको नै महिना दिन पुग्न लागेको छ । तर नागरिकको गुनासो सम्बोधन भएको छैन । सरकारी अस्पतालमा बेड पाएका नागरिकले औषधी बाहेकमा निशुल्क उपचार पाएपनि नीजि अस्पतालले यो महामारिलाई मौका छोपेर मनलाग्दी शुल्क असुलिरहेका छन् ।

नागरिकको गुनासोपछि हाम्रो टिमले काठमाडौं उपत्यकाका चर्चित अस्पतालमा पुगेर शुल्क बारेको जानकारी लिएको छ । हामी पुगेका मण्डिखाटारस्थित ह्याम्स अस्पताल, धापासीस्थित ग्राण्डी अस्पताल, ग्वार्कोस्थित बि एण्ड बी अस्पताल, थापाथलीस्थित नर्भिक, सिनामंगलस्थित केएमसी, सानेपास्थित स्टार र ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटि लगायतका अस्पालले सरकारले सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेको पाइएको छ । यी अस्पतालले आइसोलेसन बेडकै प्रतिदिन ७ हजारदेखी १५ हजारसम्म असुल्दै आएका छन् । आइसीयू र भेसन्टलेटरमा राखेर गरिने उपचारमा त एक दिनको ५० हजार हाराहारि असुली हुँदैआएको छ । आफन्त संक्रमित भएको बाहाना गरेर भर्ना गर्नुपर्ने भन्दै हामीले मागेको उपचार सेवाको शुल्क सामान्य नागरिकले ब्यहोर्नसक्ने खालको छैन ।

संक्रमणपछि उपचार गराइरहेका नागरिक र उनीहरुका आफन्तको गुनासोसँगै सरकारले अहिले भने सबै अस्पतालहरुले ७ दिनभित्र आफ्नो संस्थाबाट प्रवाह भइरहेको सेवाको शुल्क सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको छ । नागरिको स्वास्थ्य उपचारको सेवा सार्वजनिक हुँदा मनलाग्दी असुली रोकिने विश्वास गरिएपनि नीजि अस्पतालले बिगतदेखी नै राज्यका निर्देशन लत्याउँदै आएका छन् । नीजि अस्पतालको सेवा शुल्कलाई सरकारले व्यवस्थित गर्न नसकिरहेका समयमा ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी वेवसाइट तथा सूचना पाटीमा सबैले देख्ने गरि जानकारी गराउन निजी, सरकारी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरु तयार होलान त ? अनि संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकायसमक्ष समेत सेवा शुल्कको विवरण सात दिन भित्र आउँला नागरिकसँगै स्वयम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिक्षारत छ । तर अहिलेसम्म पनि नाम चलेका अस्पताल नेपाल मेडिसिटी, ग्राण्डी, ह्याम्स, नर्भिक, स्टार, केएमसी लगायतले उपचार सेवाको शुल्क सार्वजनिक गरेका छैनन ।

सेवा तथा वस्तु र त्यसको मुल्यबारे जानकारी पाउनुपर्ने राज्यको मात्रै नभएर हरेक नागरिकको संविधानपद्धत अधिकार हो । तर उपचार सेवाका नाममा मनलाग्दी गर्दै आएको नीजि अस्पताल नागरिकप्रतिको दायित्व र सेवामा कत्तिपनि जिम्मेवार देखिएका छैनन । हुनत, कतिपय स्वास्थ्य संस्थाहरुले बिरामीको उपचार शुल्क चर्को लिएको, अक्सिजनको अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गराइ बिरामीमाथी थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, हेलो सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेको छ । यहि गुनासोको सम्बोधनका लागि भन्दै मन्त्रालयले शुल्क सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको भएपनि स्वास्थ्य क्षेत्रमा झांगिएको मनोमानी रोक्न सरकारलाई सहज हुने देखिदैन ।

अर्कोतिर निशुल्क उपचार सेवा दिइने अस्पतालहरु भन्दै ३० वटा अस्पतालको सूचि खसार्वजनिक गरेको सरकार आफ्नै प्रतिबद्धता कार्यान्वयनमा सफल नभएको गुनासो समेत नागरिकले गरिरहेका छन् । सरकारले कोरोना संक्रमितको अवस्था हेरेर आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजार शुल्क निर्धारण गरेको भएपनि कार्यान्वयन भएको छैन । निर्देशन कार्यान्वयन नहुने, सरकारले तोकेको शुल्क भन्दा बढी असुल्ने लगायतका गतिबिधि नीजि अस्पतालबाट भैरहँदा अनुगन भैरहेको छ, कारबाही गछौँ भन्नेमा मात्रै अल्झिएको सरकार नागरिकको जीवन रक्षामा गम्भिर नभएको आरोप खेप्न बाध्य छ ।

कोरोनाको दोश्रो लहरको चेन ब्रेक गर्ने अभियानमा तीन तहका सरकार सक्रिय देखिदैगर्दा उपचार सेवामा भुमिका खेल्नुपर्ने सरकारी, सामुदायिक नीजि सबै अस्पतालको सहकार्य अत्यावश्यक छ । तर नीजि अस्पतालले नागरिक ठगिरहेको बारे सरकारी संयन्त्र बेखबर जस्तो देखिदा संक्रमित र आफन्तहरु अहिलेसम्म पनि राज्य बिहिनताको आभाष गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6