Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिए २०७५ जेठ ३ पूर्वको एमाले !

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिए २०७५ जेठ ३ पूर्वको एमाले !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सार्नुभएको छ ।

शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाउँदै नगर र गाउँ तहसम्म संगठन विस्ता गर्ने जनाएको थियो । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय तरिकाले कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेको ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी समेत नेपाल–खनाल पक्षले दिएको थियो ।

नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भन्दै एकताको आह्वान गर्नुभएको हो । पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको स्विकार गर्दै अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको उहाँले बताउनुभएको छ । पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै अध्यक्ष ओलीले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको समस्या समाधानका लागि अध्यक्ष ओलीले अघि सार्नुभएका ६ बुँदे प्रस्तावसहितको आह्वान यस्तो छ ।

खनाल–नेपाल समूहले यो आह्वानबारे मंगलबार मात्रै औपचारिक प्रतिक्रिया जनाउने बताइरहँदा नेता योगेश भट्टराईले सकारात्मक सुरुवात भएको बताउनुभएको छ । यता, संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने भनिएपनि नेपाल खनाल पक्षका संयोजक भीम रावल भने अध्यक्ष ओलीकै कारबाहीमा परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6