Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानन्यायाधीश अस्वस्थ, बुधबारसम्मलाई संबैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश अस्वस्थ, बुधबारसम्मलाई संबैधानिक इजलास स्थगित


काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ निरन्तर प्रभावित भएको छ । वरिष्ठतम न्यायाधीश राखेर गठित संवैधानिक इजलासमा समेत न्यायाधीश छनौटका विषयमा विवाद चलिरहेका बेला आज बस्ने इजलास प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि स्थगित भएको हो ।

नबस्ने भएको छ । अब बुधवारमात्र संवैधानिक इजलास बस्ने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आइतबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गर्नुभएको थियो । इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि नै रिटको मूल विषयमा प्रवेश गरेर सुनुवाई हुन सकेको छैन । आइतबारको सुनुवाइमा समेत न्यायाधीशहरूको निष्पक्षता माथि प्रश्न उठेपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएका छन्। संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन् ।

यी न्यायाधीशहरूलाई संसदीय सुनुवाइ गरी अनुमोदन गर्ने समितिमा अहिले प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिएका कतिपय निवेदक समेत भएको तर्क गर्दै ओली पक्षका वकिलहरूले रोस्टरमा रहेका कुनैपनि न्यायाधीशले मुद्दा हेर्न नमिल्ने जिकिर गर्दैआएका छन । प्रधानन्याधीश राणाले न्यायाधीशमाथी अनावश्यक प्रश्न उठाउनेक्रम नरोकिएमा मानहानिको मुद्धा चलाउने चेतावनी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6