Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsझापाको बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउँदै आयोगबाट सैद्धान्तिक सहमति

झापाको बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउँदै आयोगबाट सैद्धान्तिक सहमति


काठमाडौं । डा. गोबिन्द केसी लगायतको बिरोधकाबीच चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको हो ।

आयोग स्रोतका अनुसार सैद्धान्तिक सहमति मिलेसँगै अब बिएण्डसीको पक्षमा नै निर्णय हुने देखिएको छ । शिक्षा ऐनले पनि बीएण्डसीले सम्बन्धन पाउन रोक्दैन । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था गरिएको छ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको थियो ।

निजी मेडिकल कलेजको संगठनका अध्यक्ष बसरुद्धिन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन भन्दै आयोगलाई निर्देशन दिएको बताउनुभयो । यता, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियान भन्दै सत्याग्रहमा बस्दैआएका डा. गोबिन्द केसीले भने बी एण्डसीले सम्बन्धन पाएमा अनशन बस्ने चेतावनी दिदै आउनुभएको छ भने झापा, काठमाडौंमा छिटफुट आन्दोलन समेत हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6