Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकर्णालीलाई पहिलो पटक एमबीबीएसको २० सिट, अधिकांश मेडिकल कलेजको सिट बढ्यो

कर्णालीलाई पहिलो पटक एमबीबीएसको २० सिट, अधिकांश मेडिकल कलेजको सिट बढ्यो


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । यसलाई कर्णालीवासीको बर्षौदेखीको सपना साकार भएको रुपमा लिदै सिंगो कर्णाली प्रदेशमा खुसी छाएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि तोकेको सिट अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ।

यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ । महाराजगञ्जले ४३ वर्षपछि पहिलो पटक १०० सिट पाएको हो । यसअघि ७० सिटमा एमबीबीएस अध्यापनको अनुमति पाएको थियो भने अघिल्लो शैक्षिक सत्रमा ७९ सिट मात्र पाएको थियो । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले एमबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ विभिन्न मेडिकल कलेजले ५५५ सिट पाएका छन् ।

एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । जसमध्‍ये बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्‍याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

यस्तो छ, एमबीबीएस र बिडिएसको शैक्षिक कार्यक्रमको सिटः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6