Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा


काठमाडौं । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने योजना बनाए अनुसार नै बुधबार बिहानबाट रेल सेवा सञ्चालनमा ल्याइएको हो ।

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको थियो । लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सो समारोहमा सहभागी हुनुहुन्थ्यो । लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत हुनुहुन्थ्यो । आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोध्नुभएको र त्यो बेला आफूले बुबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरीसरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको कहिल्यै भुल्न नसकेको नायिका लुम्लेले बताउनुभएको गैरआवासीय नेपाली सङ्घ यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।

व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीका लागि नै गौरव थपिएको फगामीले बताउनुभयो । बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि यो रेल सेवालाई हेरेको उहाँको भनाइ थियो । यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका सङ्गठनका प्रतिनिधि र नेपाली सङ्घसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने उहाँको जिकिर थियो ।

कार्यक्रममा भिसी पुनका छोरा अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित अन्य आप्रवासी नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको त्यस कार्यक्रममा नेपाली समाजका धर्म तामाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घले समेत सहभागि हुनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6