Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsललितपुर महानगरमा मनोमानी, बहुमत नगर सदस्यले उठाए मेयर महर्जनमाथी यस्ता प्रश्न

ललितपुर महानगरमा मनोमानी, बहुमत नगर सदस्यले उठाए मेयर महर्जनमाथी यस्ता प्रश्न


काठमाडौं । संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली एकलौँटी रुपमा अघि बढेको चर्चा चलिरहँदा देशकै पुरानो स्थानीय तह मध्यको एक ललितपुर महानरपालिकाका प्रमुख चिरिबाबु महर्जनलेमाथी समेत उस्तै प्रश्न उब्जिएको छ । बहुमत नगर सदस्यहरुले बजेट बहिस्कार गरेसँगै महानगरमा मेयर महर्जनले मनोमानी र एकलौटी गतिबिधिको रहश्य बाहिरिएको हो ।

महानगरको नगर कार्यपालिकामा अल्पमतमा रहेका महर्जनले कार्यपालिका छलेर कतिपय निर्णय आफुखुसी गरेको, अनुदानमा मनोमानी गर्नेदेखी कर्मचारी नियुक्ति, दरबन्दी नै नभएको बरिष्ठ नगर प्रहरी निरिक्षक पद सृजना गरेर चरम मनोमानी गर्दै आएको पाइएको छ । मेयर चिरिबाबुले गरेको मनोमानीले उग्र रुप लिँदा ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को बजेट नै ल्याउन सकेको छैन । विगतमा स्थानीय तहको विकास र संबृत्तिका लागि भन्दै मनोमानीमा समेत मौन बसेका नेकपा एमाले र माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले नगरसभामा नै बहिष्कार गरेपछि बजेट रोक्नुपर्ने अवस्था आएको छ ।

नगर सभाका बहुमत सदस्यहरुले लामो समयपछि आफ्नो मौनता तोडेका मात्रै छैनन्, विगतमा भएगरेका कामकारबाहीमा चरम मनोमानी भएको नगर सभाबाट कार्यक्रम र बजेट पास नगराई आफूखुसी बाढेको समेत पाइएको छ । महानगरका सुविधासम्पन्न क्षेत्रकरुमा मात्रै बजेट खर्चिने गरेका मेयर महर्जनकै कारण ललितपुर महानगरका वडा नम्बर १४ ,१५ ,२१ , २२, २३ , २४, २५ ,२६ , २७ , २८ र २९ का सडक पूर्वाधार देशकै दुर्गमको झल्को दिने खालका छन् । बजेट बिनियोजन, आयोजना छनौँटमा समेत कतिपय वडाहरु राजनीतिक आस्थाकै आधारमा उपेक्षित भएको पाइएको छ ।
यस्ता छन्, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका मनोमानीका श्रृंखलाहरु

– नगर सभा मार्फत भएका विगतका निर्णय कार्यान्वयनमा चासो नदिनु
– दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक पद सिर्जना गरेर प्रतिस्पर्धा र नगर सभाको प्रक्रिया छलेर नियुक्ति
– कर्मचारी संगठन तालिका (OD) नबनाई कानुनी प्रक्रिया छलेर तोक आदेशका भरमा विभिन्न पदामा ३०० जना कार्यकर्ताको भर्ती
–संघीय कानुन र प्रदेश कानुन मिच्ने काम
– नगर सभाको प्रक्रिया छलेर मनोमानी रुपमा टेण्डर निकाल्नेदेखी आर्थिक अपचलनसम्मको चलखेल
–विकास आयोजनाको अन्तिम लेखा परिक्षण बोर्डलाई जानकारी नै नगराउने, दररेट समेत आफूखुसी निर्धारण
– कोरोना महामारि रोकथाम, आइसोलेसन व्यवस्थापन र उपचारमा चरम बेवास्ता
—बोर्डमा भएका निर्णय लिपिबद्ध नगर्ने एवंम आफूखुसी थपघट
–कार्यपालिका बोर्डमा जानकारी नगराई बिना निर्णय, चिडियाखाना, धुर्मुस सुन्तली फाउण्डेशन, कोराना संक्रमणबाट मृत्यु भएका परिवार लगायत दर्जनौँभन्दा बढी आर्थिक बाडफाँड
–मेयर म्यचुयल फण्डको उद्धेश्य र परिकल्पना विपरित आफूखसी परियोजना छनौँट गरेर आवश्यकता नै नभएका क्षेत्रमा बजेटको दुरुपयोग
–महानगरको पञ्चबर्षीय योजना बनाउन समेत असफल

यति मात्रै होइन, महानगरका लागि आवश्यक सरसामान, मोटरसाईकल खरिदमा लगायतमा समेत पारदर्शि नभएको प्रश्न उठिरहेको छ । कार्यकारी प्रमुखसँगको मिलेमतोमा नगर कार्यपालिका, विधि प्रक्रिया सबै छलेर हुँदैआएको गतिबिधिले पछिल्लो बजेटसम्म थप विस्तार पाउँदा यतिबेला मेयर महर्जनको मनोमानीको बिरोध गर्न बाध्य भएको जनप्रतिनिधिहरु बताउँछन् । मेयर चिरिबाबु महर्जनको मनोमानी र एकलौटी रुपमा अघि बढ्ने प्रबृत्तिबाट आजित भएका बहुमत जनप्रतिनिधिहरु कार्यपालिका छलेर गरिएका कामहरु रोक्न माग गरिरहेका छन् ।

बैठक छल्ने गरेका मेयरले आफ्नो स्वार्थगत रुपमा बजेटलाई समेत दुरुपयोग गरेको, महानगरलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै अब निर्णयक प्रतिवादमा उत्रिन लागेको जनप्रतिनिधिको जिकिर छ ।ललितपुरको शहर क्षेत्रलाई मात्रै महानगर देख्ने, बजेट बिनियोजनदेखी कार्यक्रम छनौँटसम्ममा मनोमानी गर्ने मेयर महर्जन अब सच्चिन्छन वा चुनावसम्म पुग्दा थप कर्तुतका कारण नांगिन्छन यो भने प्रतिक्षाको विषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6