Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो (आदेशसहित)

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो (आदेशसहित)


काठमाडौं । उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । यो निर्णयसँगै मंगलबारबाट जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका हुन् ।

बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन दिइने भएको छ । स्वास्थ्य सावधानीका आवश्यक मापदण्डसहित भौतिक दूरी कायम गर्दै सार्वजनिक सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएको हो । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् । निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध कायमै राखेर केही खुकुलो बनाइएको छ । उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको छ ।

मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने निर्णय गरिएको छ । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल विहान ११ देखि ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य मापदण्डको पालना र भौतिक दुरी कायम गराउने सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । योसँगै उपत्यकाको निषेधाज्ञा भने थप एकसाता लम्बिएको छ ।

खोल्न नपाउने पसल तथा सेवाहरु
यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ।

यस्तो छ, कोरोना संक्रमणको अवस्था
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म उपत्यकाका तीन जिल्लामा ८ हजार ५०८ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ७३२ र ललितपुरमा २३८५ जना सक्रिय संक्रमित छन् । आइतबार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजारमा झरेको छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।

यस्तो छ उपत्यकाको निषेधाज्ञा बारेको निर्णय :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6