Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा निरन्तर झरी, पहाडी र नदीटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

नेपालमा निरन्तर झरी, पहाडी र नदीटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल


काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक\दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले पहाडी र नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र वाग्मती प्रदेशका एक दुइ स्थानमा भने ‘धेरै भारी’ बर्षाको पूर्वानुमान महाशाखाले गरेको छ ।

यस्तै, इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले केही दिनसम्म सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । केन्द्रका अनुसार रौतहट कर्मैया (पधेरादोभान) स्थित वाग्मती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेकाले आसपासका क्षेत्रका उच्च सतर्कता अपनाउन भनिएको छ ।

महाशाखाले अझै तीन दिन पानी पर्ने र रोकिने क्रम चलिरहने जनाइएको छ । गोरखा, लमजुङ, मकवानपुर, झापा, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । पहाडी भेगमा पहिरोका साथै नदीनाला तथा खहरे खोलाहरुमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6