Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिदै

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिदै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तय गर्दै तयारी थालेको हो ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । यसअघि नै चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवाको यो पाँचौ इनिङ हुनेछ । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

देउवा लगायतका विपक्षी गठबन्धनका दलहरु आन्तरिक परामर्शमा व्यस्त रहेका छन् । अदालतको फैशला आएलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सर्वदलिय सरकार बनाउने निर्णय गरेको थियो । बैठकमा पद बाँडफाँडका बिषयमा छलफल भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6