Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक साउन ३ गते

संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक साउन ३ गते


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो । सोही आदेशको कार्यान्वयन गर्दै सरकारले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6