Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहरः नेपालमा पछिल्लो २४ घण्टामा ३१०८ संक्रमित थपिदा २५ जनाको मृत्यु

कोरोना कहरः नेपालमा पछिल्लो २४ घण्टामा ३१०८ संक्रमित थपिदा २५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ । संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् ।यीमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा र २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५ सय ३१ जना संक्रमित थपिएका छन् । मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६, चितवनमा १२५, मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२ २२ जना कोरोना संक्रमित थपिएका छन् । सप्तरीमा १७, बारामा १६, तनहुँ र स्याङजामा १४र१४ जना, रामेछाप, पर्वत र दाङमा १२र१२ जना, नुवाकोटमा ११ र तेह्रथुममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा १० वर्षमुनिका ७१ बालबालिकामा ११ देखि माथीका १७४ जना कोरोना सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बजारमा चहलपहल र भीडभाड बढेसँगै केही दिनदेखी कोरोनाको संक्रमणदर समेत उकालो लाग्न थालेको छ । पछिल्लो केही साताको तथ्यांक केलाउँदा आज थपिएका संक्रमितको संख्या उच्च हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6