Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलोकगायक सपुत र लोकगायिक दुलाल बने ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत

लोकगायक सपुत र लोकगायिक दुलाल बने ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत


काठमाडौं । सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ। गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत चर्चित लोकगायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको जानकारी दिएको हो ।

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न सद्भावना दूत नियुक्त गरिएको जानकारी दिनुभयो । ‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुने प्रधिकरणको बुझाई छ। यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको जनाइएको छ ।

यस वर्षको मनसुनी वर्षासँगैको बाढी पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला प्रभावित भएका छन् । क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाएको जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6