Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाउनपछि नेपालमा कोरोना संक्रमण घट्ने सरकारी प्रक्षेपण

साउनपछि नेपालमा कोरोना संक्रमण घट्ने सरकारी प्रक्षेपण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा कोरोना महामारिले केही तिब्रता पाएपनि त्यसपछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने आँकलन गरिएको छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने पूर्वानुमान लोहनीले गरेको जानकारी दिए । लोहनीले पेश गरेको विवरणमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना आँकलन गरिएको छ । पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने, यी मध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्नसक्ने लोहनीले उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना, आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् । यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६१२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार रहेको र खोप अभियानलाई थप व्यवसि्थतसँगै विस्तार गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6