Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकक्षा १२ सहितका सबै परिक्षा रोक्न स्वास्थ्य मन्त्रालयलको सिफारिस

कक्षा १२ सहितका सबै परिक्षा रोक्न स्वास्थ्य मन्त्रालयलको सिफारिस


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना सङक्रमण फैलँदै गएकाले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएकोमा उल्टै परीक्षाको तालिका पुनर्विचार गर्न जवाफ आएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले समेत जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्ड १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाएसँगै परिक्षा स्थगित हुने सम्भावना बढेको छ । बोर्डका अनुसार यस वर्ष १२ कक्षाको परीक्षा दिन ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो । यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले कोरोना महामारिकै कारण स्थगित गर्नुपरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6