Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परिक्षा स्थगित

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परिक्षा स्थगित


काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले आज दिउँसो एसईईको नतिजा प्रकाशन गरेको हो ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको छ । ५ लाख १७ हजार विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गरिएको जनाइएको छ । परिक्षार्थीले केहीबेरमै नतिजा बोर्डको वेबसाइट www.see.gov.np,  www.neb.gov.np मा गएर हेर्न सक्नेछन् । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ ।

कक्षा १२ को परिक्षा स्थगित
साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेपछि बसेको परीक्षा बोर्ड बैठकले कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जानकारी दिएको हो । अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभएको छ ।

वेबसाइट तथा एसएमएसमार्फत एसईईको नतिजा हेर्न सकिने भन्दै बोर्डले निकालेको सूचना :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6