Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए ३ हजार २१८ कोरोना संक्रमित, सबै मिलेर महामारि रोक्नुपर्नेमा प्रधामन्त्री देउवाको जोड

नेपालमा थपिए ३ हजार २१८ कोरोना संक्रमित, सबै मिलेर महामारि रोक्नुपर्नेमा प्रधामन्त्री देउवाको जोड


काठमाडौं । नेपालमा शनिबार ३ हजार २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार ८ सय ६६ जनाको पीसीआर र चार हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सात लाख ८० हजार ८ सय आठ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै थप एक हजार सात सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ । थप १९ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । नेपालमा अहिले ३५ हजार ४ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यी मध्ये ७ सय ४६ जनाको आईसीयू र एक सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सबैको पहलमा मात्रै कोरोना महामारि नियन्त्रण : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै कोरोना महामारी चाँडो नियन्त्रण हुने बताएका छन् । स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोक्नका लागि अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कने, राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्नुभएको छ । नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक, सामाजिक संघसंस्था सबैसँग स्वास्थ्यका मापदण्ड पालना गर्न र भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको छ । महामारी नियन्त्रणको प्रभावकारी उपाय खोप भएको र अहिले खोप अभियान चलिरहेको भन्दै उहाँले खोप लगाउन जाँदा पनि स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ मास्क अभियान शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनस्वास्थ्यमा मापदण्ड उल्लघंन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरिएको जानकारी दिए । एक साताको अभियानमा माक्स कसरी लगाउने भन्ने सिकाईने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6