Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअर्थमन्त्री शर्माले संसदमा पेश गरे श्वेत पत्र, अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन गरिने

अर्थमन्त्री शर्माले संसदमा पेश गरे श्वेत पत्र, अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन गरिने


काठमाडौं । प्रतिनिधि सभा बैठकमा मंगलबार सरकारको आर्थिक श्वेत पत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन केपी शर्मा ओली सरकारले मुलुकको अर्थतन्त्रलाई तहस नहस पारेको आरोप लगाएका छन् । कोभिड १९ महामारीबाट सिर्जित इतिहास कै संकटपूर्ण अवस्था तथा मुलुकको अर्थतन्त्रले भोगिरहेको प्रतिकूल परिस्थितिका बीच वर्तमान सरकारले कार्यभार सम्हालेको विषय अर्थमन्त्री शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् ।

सरकारको पहिलो कर्तब्य नै सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराई जनस्वास्थ्यको रक्षा गर्नु र थप राहत र पुनस्र्थापनाका कार्यक्रम एवं नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु रहेको अर्थमन्त्रीले जिकिर गरे । अघिल्लो सरकारले प्रचारमुखी बजेट ल्याएपनि कार्यान्वनयमा चुक्दै आएको उनको आरोप थियो । बजेट बाहिर गएर खर्च गर्ने परम्परा बढेको तथा गत आर्थिक वर्षमा सडक सञ्जालमा ३ खर्ब र रेल सञ्जालमा ५७ अर्ब रुपैयाँ खर्च भएको श्वेतपत्रमा उल्लेख गरिएको छ । अब लोप्रियता कमाउने नाममा मुलुकको अर्थतन्त्रलाई ध्वस्त पार्ने काम हुन नदिने पनि अर्थमन्त्रीले दाबी गरेका छन् । साथै आर्थिक परिसूचकहरुमा सुधार ल्याएर जनताको गुमेको आशा र विश्वास पुनस्र्थापित गरिने स्वेतपत्रमा उल्लेख छ ।

सरकारी साधन स्रोत माथिको दोहन रोक्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चलाई पुँजी निर्माण र सेवा प्रवाह सुधारमा केन्द्रित गर्नेर जनतामाथि पर्न गएको ऋणभार कम गराउँदै जान विशेष प्रयास गर्नुपर्ने अर्थमन्त्रीले बताए । यसका अतिरिक्त, मुलुकको तुलनात्मक लाभको क्षेत्रहरुमा बढी लक्षित रही त्यसमध्ये विद्युत उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवद्र्धन गर्दै आयात निर्यातबीचको खाडल कम गर्नेतर्फ जोड दिने दाबी गरेका छन् । अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दएका छन् । उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ अर्बमा पुगेको जानकारी गराए । आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको जानकारी अर्थमन्त्रीले गराएका छन् । स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको दाबी गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन बिथोलिएको श्वेतपत्रमा उल्लेख छ ।

बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले दाबी गरेका छन् । साथै अर्थमन्त्री शर्माले कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेको जानकारी गराएका छन् । गत वर्षसम्म कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान रहेको कृषि क्षेत्र यो वर्ष २५ प्रतिशत खुम्चिएको छ । त्यही कारण मूल्यवृद्धि समेत अधिक रहेको अनुमान छ । गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको मूल्य बढेकोले अझै मूल्यवृद्धि हुने देखिएको समेत अर्थमन्त्री शर्माले औँल्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6