Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब कहिले पाउने काठमाडौंवासीले मेलम्चीको पानी ?

अब कहिले पाउने काठमाडौंवासीले मेलम्चीको पानी ?


काठमाडौं । ३० वर्षको पट्यारलाग्दो प्रतिक्षापछि काठमाडौँ उपत्यकाबासीको धारामा मेलम्चीको पानी आएको थियो । तर, मेलम्ची र हेलम्बु क्षेत्रमा ग्रेगानसहित आएको बाढीका कारण मेलम्ची आयोजना अहिले उस्तै प्रतिक्षाको विषय बनेको छ । हेडवर्क पूर्णरुपमा क्षतिग्रस्त बनेको मेलम्चीको जिर्णोद्धार कहिले सुरु हुने र सकिने अनिश्चित बन्दा उपत्यकामा खानेपानिको हाहाकार नै सुरु भएको छ ।

यस्तो छ पानीको माग र बाढीले पुगेको क्षतीको विवरण
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । जसमा १४ करोड लिटर मात्रै आपुर्ति हुने गरेको छ । त्यसमाथि सुख्खा याममा १० करोड लिटर मात्रै पानी आपुर्ति हुने गरेको छ । १७ करोड लिटर भने मेलम्चीबाट आपुर्ति गर्ने योजना रहेको थियो । तर मेलम्चीबाट पानि आपुर्ति हुन सुरु भएको केहि समय वित्न नपाउँदै गत असार १ गतेदेखि परिक्षणका लागि आपुर्ति बन्द गरिएको थियो । असार १ गते र साउन १६, १७ गते मेलम्ची र हेलम्बु क्षेत्रमा आएको वाढिले उपत्यकामा मेलम्चीको पानी आपुर्ति गर्ने मिति लम्बिदैँ गएको छ । बाढिका कारण आयोजनासम्म पुग्ने पुल,सडक, सुरुङ्ग, हेडवर्क जस्ता संरचनाहरुमा क्षति पुगेको छ ।

मेलम्ची फेरी अनिश्चित बन्दा मनसुनी प्रणाली अझै सक्रिय रहेकाले थप क्षति हुन सक्ने आँकलन गरिदैछ । कात्तिक पछि आयोजना क्षेत्रको अनुगमन गरेपछि मात्रै पुनर्निर्माणका बारेमा बताउन सकिने मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ विभागिय इजिनियर राजेन्द्र पन्त बताउँछन् । वाढि पहिरो र परिक्षणका कारण मेलम्ची खानेपानि उपत्यका भित्रिने मिति अनिश्चित बन्दै गएको छ । मेलम्चीको खानेपानी उपत्यका ल्याउन असम्भव नभएपनि अब कहिले आउँछ भन्ने ढुङ्गो लाग्न सकेको छैन । मेलम्ची खानेपानीको विकल्प बारे सरकारले गृहकार्य नथाल्दा पानीको हाहाकार झेल्दैआएका नागरिक निरास भएका छन् ।

यता, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई भने विकल्पका विषयमा अध्ययन भइरहेको दाबि गर्छन् । काठमाडौँ उपत्यकाका लागि सिस्ने खोलाबाट पानी प्रसोधन गरेर आपुर्ति गर्ने, वर्षाद्को पानीलाई भण्डारण गरेर त्यसलाई फिल्टराइज गरेर प्रयोग गर्ने भुमिगत श्रोत पहिचान गरेर त्यसलाई प्रयोग गर्ने लगायतका विषयमा बहस सुरु भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6