Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनःनियुक्ति

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनःनियुक्ति


काठमाडौं । उज्यालो नेपालका प्रवर्धक भन्दै चौतर्फी हाईहाई पाएका कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएपनि कुलमानको पुनरागमनको चर्चा चलेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा नदिने अडान राखे । शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी सरुवा गरिएको छ ।
यसअघि अहिलेका अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री हुँदा नियुक्ति पाएर ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए । चुहावट रोक्नेदेखी प्राधिकरणको आम्दानी समेत बढाएका थिए । सुधार भैसकेको विद्युत प्राधिकरणमा भन्दा पनि घिसिङलाई नेपाल वायुसेवा निगमनमा लगेर धारासायी बनेको निगम सुधार्न समेत कतिपयले सुझाब दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6