Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


काठमाडौं, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनु केही मिनेट अघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा बुझाएका हुन ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएको जानकारी दिए । बुधबार दिउँसो १ बजे पोखरेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूचि प्रदेशसभाले निकालेको थियो। अन्तिम समयसम्म सर्वोच्च अदालतको आदेश कुरेर बसेका पोखरेलले प्रदेशसभा सुरु हुनु केही मिनेट अघि मात्रै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन भने एमाले सांसदहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् ।

बिहान बसेको एमाले प्रदेश संसदीय दलको बैठकले १२ः३० बजेसम्म सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको थियो। प्रदेशसभाका एमाले सांसद लिला गिरीले विशेष अधिवेशन र अविश्वास प्रस्ताव रोक्न माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा भैरहेको छ ।

यस्तो छ लुम्बिनी प्रदेश सभाको अंकगणित
८७ सदस्यीय प्रदेश सभामा ७ जनाको पद रिक्त भएको छ । प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन्। विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरि ४१ सांसद छन्। विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।

हरेक हत्कण्डा अपनाउँदा समेत जोगिएन मुख्यमन्त्री पोखरेलको पद
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध गत वैशाख ६ मा दर्ता भएर १९ मा संसदको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश हुनलाग्दा संघीय सदनमा प्रधानमन्त्री ओलीले चालेको कदमकै सिको गरे । अविश्वासको प्रस्तावको सामना गर्नुको सट्टा सदनबाहिरबाट संसदीय राजनीतिको निकास खोज्दै उनले १९ वैशाखमै मुख्यमन्त्रीबाट राजीनामा दिए। त्यसरी राजीनामा दिएका उनी फेरि नाटकीय शैलीमा मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेश प्रमुख कहाँ पुगे।

एमाले पृष्ठभूमि र आदेशपालक भएकै कारण तत्कालीन प्रदेश प्रमुखले अर्को पक्षमा बहुमत पुग्दापुग्दै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। विपक्षी सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएपछि मुख्यमन्त्रीले कडा सुरक्षाबिच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालयमा लगेर शपथ लिएका थिए। अहिले बहुमत गुमाएपछि मुख्यमन्त्री पोखरेल राजीनामा दिन बाध्य भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6