Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफुटउन्मुख नेकपा एमाले, औपचारिक घोषणा मात्रै बाँकी !

फुटउन्मुख नेकपा एमाले, औपचारिक घोषणा मात्रै बाँकी !


काठमाडौं । कुनै चमत्कारको अवस्था बाहेक अब नेकपा एमाले बिभाजन हुने निश्चित भएको छ । अखिल फोर्सको भेलालाई जुम मिटिङ्ग मार्फत सम्बोधन गर्दै एमाले बरिष्ठ नेता माधव कुमार नेपालले ओलीकै कारण नेकपा एमाले फुटको संघारमा पुगेको दाबी गरेका छन् । उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।

आफूहरुले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली सच्चिएर आए एकताका लागि तयार रहने नेता नेपालको दाबी थियो । नेपालले कार्यकर्ताहरुलाई संगठन बिस्तार गर्न समेत निर्देशन दिदै ओली अहंकारको घोडामा सवार भएर आफूलाई सर्वाधिकार सम्पन्न भएको ठान्दा समस्या आएको बताए । ओलीलाई नेता नेपालले एउटा सानो गुटको नेतामा मात्रै सीमित भएको आरोप लगाइएका छन् । आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालले अध्यक्ष ओलीलाई भेटेपनि अहंकार बाहेक एकताको कुनै संकेत नमिलेको बताए । नेपालले अहिले नयाँ दल दर्ता गरे पनि तत्कालै अरु पार्टीसँग एकीकरण नगर्ने, ओली सुध्रिए भने कुनैपनि बेला एकता गर्न र चुनावी सहकार्य गर्न समेत तयार रहेको समेत बताए ।

एमाले अध्यक्ष ओलीको आक्रोश
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश नेपाली कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् । एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरेका छन् । गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान राख्दा समस्या भएको ओलीको जिकिर थियो

१४ सांसदमाथी कारबाही
पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजनको तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । कारबाहीकाृ सूचना संसद सचिवालयमा समेत पठाइएको छ ।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल, २. जीवनराम श्रेष्ठ, ३. मुकुन्द न्यौपाने, ४. विरोध खतिवडा, ५. कृष्णलाल महर्जन, ६. भवानी खापुङ, ७. मेटमणी चौधरी, ८. रामकुमारी झाँक्री, ९. कल्याणी खड्का, १०. लक्ष्मीकुमारी चौधरी, ११. निरादेवी जैरु, १२. पुष्पाकुमारी कर्ण, १३. सरला यादव र १४. कलिला खातुन

१४ जना सांसदमाथीको कारबाही तत्काल फिर्ता लिएर पार्टी एकताको इमान्दार प्रयास गर्न नेपाल पक्षका नेताहरुले माग गरिरहँदा ओली पक्षका सांसदहरु अब कारबाहीको बिकल्प नभएको दाबी गरिरहेका छन् । यो किचलोले लामो समयदेखीको एमाले बिवादलाई औपचारिक फुटमा रुपान्तरण गर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6