Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओलीले एमाले अध्यक्ष बाहेक सबैथोक गुमाउँदा, मध्यमार्गीलाई लाभ

ओलीले एमाले अध्यक्ष बाहेक सबैथोक गुमाउँदा, मध्यमार्गीलाई लाभ


काठमाडौं । झण्डै दुई तिहाईको जनमतसहित सत्ता यात्राको दोश्रो इनिङ्ग सुरु गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नो हातबाट पार्टीको नेतृत्व बाहेक सबै गुमाउने अवस्थामा पुगेका छन् ।

संघमा आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षका सांसदहरु समेतको हस्ताक्षेत्रमा अदालत पुगेको रिटको फैशला मार्फत सत्ताच्युत भएका ओलीले अहिले आफ्ना विश्वास पात्रले सत्ता सम्हाल्दै आएका सबै प्रदेशको नेतृत्व गुमाएका छन् । प्राविधिक रुपमा बागमती प्रदेश र प्रदेश एकको नेतृत्व एमाले नेताको हातमा रहेपनि आफूले रोजेर बनाएका दुबै प्रदेशका मुख्यमन्त्रीलाई फिर्ता बोलाएर बिगतमा नेपाल पक्षमा रहेका नेताहरुलाई प्रदेशको नेतृत्व दिन अध्यक्ष ओली बाध्य भएका छन् ।

आजै मात्र फेरियो प्रदेश एकमा सरकार
एमाले अध्यक्ष ओलीका विश्वास पात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज पदबाट राजीनामा दिन बाध्य भए । उनले ठाउँ खाली गरेसँगै नेपाल पक्ष हुँदै भर्खरै ओली क्याम्पमा मिसिएका सचिव भीम आचार्य नयाँ मुख्यमन्त्री बनेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ –१) अनुसार बिहिबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिए । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरे पनि एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ६ जनाभन्दा बढी सांसद जानासाथ सरकार ढल्ने अवस्था देखिएको छ । तर मुख्यमन्त्री आचार्य बहुमत जोगाउने दाबी गरिरहेका छन् ।

भर्खरै बनेको शाक्य नेतृत्वको वागमती प्रदेश सरकार अल्पमतमा
एमाले विभाजित भएसँगै भर्खरै बनेको वागमती प्रदेश सरकार पनि अल्पमतमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको वागमती सरकार अल्पमतमा परेको हो । अहिले नै सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेका छन भने काभ्रेका लक्ष्मण लम्सला, बसुन्धरा हुमागाई, काठमाडौंकी रमा आले मगरलगायत एकीकृत समाजवादीमा लाग्दैगर्दा नेता पाण्डे ले कम्तिमा १० जना प्रदेशसभा सदस्य आफ्नो पार्टीमा आउने दाबी गर्छन । यहाँ साना दलको साथले पनि अष्टलक्ष्मीको सरकार नजोगिने अवस्था देखिएको छ । एक सातामै बागमतिको सरकार अल्पमतमा पर्नु अध्यक्ष ओलीको अर्को असफलता हो ।

गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धन सरकार
यसअघि नै गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धन सरकार बनिसकेको छ । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट ओलीका विश्वास पात्र पृथ्वीसुब्बा गुरुङ आउँट हुँदा नेकपासँगै एमालेमा भित्रिएको किचलोकै कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समेत केही दिन पहिले नै नेतृत्वबाट बिदा भएका छन् । यी राजनीतिक घटनाक्रमले दुई दुई पटक पार्टीको किचलोको रिस स्वरुप संसद विघटन गरेका एमाले अध्यक्ष ओली पार्टीको शक्तिमान अध्यक्षको दम्भसहित टिक्ने बाहेक अन्य सबै शक्ति गुमाउने अवस्थामा पुगेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6