Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरात्रीकालीन मनोरञ्जनात्मक व्यवसायीले सिडिओलाई बुझाए चाबी

रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायीले सिडिओलाई बुझाए चाबी


काठमाडौं । काठमाडौंका दोहोरी साँझ र रात्रीकालीन व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई भेटेर व्यवसायीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन् ।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पत्रमा भनिएको छ । पटक–पटक आफूहरुको व्यवसायको अवस्ता, कर्मचारिहरुको अवस्थासँगै घरबहाल लगायतका विषयमा सरकारका विभिन्न निकायलाई जानकारी गराउँदा समेत बेवास्ता भएपछि बाध्य भएर चाबी बुझाउनुपरेको दोहोरी साँझ र रात्रीकालीन व्यवसायी आशिष खड्काले जानकारी दिए । अन्य सबै व्यवसाय चलायमान भएको समयमा राती मात्रै कोरोना सर्ने जसरी बिभेदपूर्ण व्यवहार भएकोमा समेत खड्काले गुनासो पोखेका थिए ।

कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत चैतमा सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाएको थियो । तर संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय भने हालसम्म बन्द छ । व्यवसायीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋणलगायतको आफूहरुको दायित्वको जिम्मा लिन पनि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । ‘आफूहरुको व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौं’ व्यवसायीको पत्रमा भनिएको छ ।

व्यवसायीको पत्र :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6