Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदार्चुला तुइन प्रकरणमा एसएसबीका जवानको संलग्नता, भारतसँग कूटनीतिक पहल गर्न सिफारिस

दार्चुला तुइन प्रकरणमा एसएसबीका जवानको संलग्नता, भारतसँग कूटनीतिक पहल गर्न सिफारिस


काठमाडौं । दार्चुला तुइन प्रकरणमा भारतीय सुरक्षा बल एसएसबीका सुरक्षा जवानको संलग्नता खुलेको छ । दार्चुलामा भारतीय सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँडसमक्ष मंगलबार प्रतिवेदन बुझाउँदै एसएसबीका सुरक्षाकर्मीमाथी अनुसन्धान गरी कारबाही गर्न र धामीका परिवारलाई क्षतिपूर्तिसहितको राहत उपलब्ध गराउनेगरि भारतसँग कूटनीतिक पहल गर्न सिफारिस गरेको हो।

धामीमा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्न समेत सिफारिसमा सुझाब दिइएको छ । जयसिंह धामी गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा तुइनसँगै महाकालीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय एसएसबीका जवानहरुले तुइन काट्दा धामी महाकालीमा खसेको दाबी गरेपछि छानविन समिति मार्फत सत्यतथ्य सार्वजनिक गर्न सरकारमाथी दबाब परेको थियो । समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेको भन्दै गठबन्धनका नेताहरुले यसअघि नै धामीको बिषयमा छिटो सत्यतथ्य सार्वजनिक गरेर भारतसँग कुटनीतिक पहल थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाब दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6