Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटन बाध्यताको परिणाम : एमाले अध्यक्ष ओली

संसद विघटन बाध्यताको परिणाम : एमाले अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले दुई पटकसम्म गरेको प्रतिनिधिसभा विघटनको बाध्यताको परिणाम भएको दाबी गरेका छन् । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले बाध्यताका कारण संसद् विघटन गर्नुपरेको उल्लेख गरेका हुन् ।

यसअघि पनि ओलीले संसद् विघटन आन्तरिक किचलो व्यवस्थापन गर्न नसक्नुको बाध्यता भएको बताउने गरेका थिए । २०७७ पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनस्थापना गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि पार्टीभित्रै असहयोग हुँदा संसद् विघटन गर्नु परेको दाबी अध्यक्ष ओलीले गरेका छन् ।

यता, दश बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले भने संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको दावी गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6