Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशी आयोजना र कर्मचारीका विषयमा नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्नुः सर्वोच्च अदालत

विदेशी आयोजना र कर्मचारीका विषयमा नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्नुः सर्वोच्च अदालत


काठमाडौं । सर्वोच्च अदालतले विदेशी आयोजना र त्यसमा कार्यरत कर्मचारीका विषयमा नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले गएको भदौ १८ गते गृह मन्त्रालयको विज्ञप्तिले नागरिकको वाक स्वतन्त्रताको अवज्ञा हुने ठहर गर्दै नकारात्मक टिका–टिप्पणी गरेकै आधारमा कसैलाई धम्की, पक्राउ वा कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । संविधानको धारा १७ ले हरेक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको भन्दै सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणीका आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेशमा भनिएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र दार्चुलामा जयसिंह धामी बेपत्ताको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध गतिविधि भएपछि भदौ १८ गते गृह मन्त्रालयले कारबाहीको धम्कीसहित विज्ञप्ति निकालेको थियो । गृहको विज्ञप्तिविरुद्ध नेपाली पार्टीको तर्फबाट अधिवक्ता प्रवेश केसीले रिट निवेदन दिनुभएको थियो ।

गृह मन्त्रालयको विज्ञप्तिप्रति राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासङ्घले पनि यसअघि विज्ञप्ती निकालेर विरोध जनाएका छन् । नागरिक अभियन्ता, सञ्चारजगत लगायतले अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लगाउने गतिबिधि नगर्न सरकारलाई सचेत गराउँदैआएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6