Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा महंगीको मार, चाडपर्वमा कसरी गर्ने किनमेल ?

नेपालमा महंगीको मार, चाडपर्वमा कसरी गर्ने किनमेल ?


काठमाडौं । विगत १० वर्षदेखी काठमाडौंको मैतिदेवी क्षेत्रमा बस्दै आउनुभएकी खोटाङकी स्मृती खड्का नजिकिएको चाड दशैमा घर जाने तयारीमा हुनुहुन्छ । घर जाँदा काठमाडौंबाट तेल, जिरा, चिनी, चिउरा लगायतका सामान लैजाने गर्नुभएकी स्मृती किनमेलका लागि नजिकैको खाद्य स्टोरमा पुग्दा तेल, चिनी लगायतका सामानको मूल्य सुनेर नै आत्तिएको बताउनुहुन्छ ।

घटस्थापना भन्दा एक, दुई दिनअघि नै घर जाने योजना बनाउनुभएकी स्मृती कोरोना महामारिका कारण विगतको चाडपर्वमा काठमाडौंमै रोकिनुभएको थियो । चाडपर्व मनाउन घर जाने उत्साह सहित सामान किन्न पसलमा पुग्नुभएकी स्मृतीले आक्रोस पोख्नुभयो, ‘यसरी खाद्यवस्तुको भाउ अचाक्ली बढ्दा सरकार कहाँ छ ? के हामीजस्ता मध्यम र निम्न वर्गका नागरिकले बाच्न नपाउने ?’ एक, डेढ हप्तामै चामल, तोरीको तेल, सूर्यमुखी तेल, दाल सबैको भाउ छोइनसक्नु भएको प्रती उहाँको आक्रोस थियो ।

केही दिनमै चामल बोरामा ५० रुपैयाँ बढेको छ । लिटरमै एक सय रुपैयाँ बढेर सूर्यमुखी तेल प्रतिकार्टुन २४ सय ५०, भटमास २३ सय ५० र तोरी २१ सय ५० रुपैयाँ पुगिसकेछ । सबै खालका दालको भाउ दुईचारदिनमै किलोमा १० रुपैयाँको दरले बढेको छ । चिनी किलोको ९५ देखि १ सय रुपैयाँ पुगेको छ । यो बजारमुल्यले स्मृती मात्रै होइन हरेक नागरिकलाई मारमा पारेको छ ।

पढाईका सिलसिलामा किर्तिपुर बस्दै आउनुभएकी भोजपुरकी सरला रेग्मी समेत चाडपर्व नजिकिएसँगै तरकारी र खाद्य वस्तुमा बढेको भाउप्रति असन्तुष्टि पोख्नुहुन्छ । रेग्मी भन्नुहुन्छ ‘हरेक वर्षको चाडपर्वमा खाद्यान्न, गेडागुडी र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको भाउ बढ्छ । तर कोरोनाका कारण आम्दानी झन् घट्दै गएको छ । के सरकारले बजारलाई व्यवस्थित गरेर आम नागरिकलाई राहत र सहुलियत दिने कि व्यापारिहरुलाई कमाउने मौका मात्रै दिने ?’

हुनत, सरकारले छुट र राहतको प्याकेजसहित देशका विभिन्न स्थानमा सुपथ मुल्य पसल पनि सञ्चालन गरेको छ । तर यस्ता पसलहरु सबैको पायक पर्ने ठाउँमा नभएको गुनासो छ । दशैँ नजिकिँदै गर्दा बजारमा किनमेलको घुइँचो बढेको छ । यही मौका छोपेर सबैभन्दा धेरै खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य आकाशिन थालेपनि सरकारको नियमन र व्यवस्थापनमा भने गम्भिर लापरबाही देखिएको छ ।

अझै महंगी बढ्ने चिन्ता
अझ, नेपाल खुद्रा किराना व्यवसायी सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्य त खुद्रा व्यापारीले महँगोमा किन्नु परेकाले भाउ बढेको बताउनुहुन्छ । चाडपर्वको समयमा खाद्यान्नको मूल्य बढ्न नहुने दाबी गर्ने उहाँ कसरी मूल्य बढ्यो भन्ने साना व्यवसायीहरुलाई थाहा नहुने बताउनुहुन्छ । सरकारले मुल्य निर्धारण र बजार अनुगमन राम्रो गर्न नसक्दा अस्वाभाविक मूल्यवृद्धि हुनेगरेको दाबी गर्ने बज्राचार्य चाडपर्वमा सहज सुपथ मूल्यमा गुणस्तरीय खाद्यान्न बिक्री गर्नुभन्दा पनि व्यवसायी एकैचोटी बढी नाफा कमाउने ध्याउन्नमा रहेकोले अझै महंगीको मार थपिने बताइरहनुभएको छ ।

सुस्त अनुगमन, कर्मचारी नभएको जवाफ
वर्षभरि नै बजार अनुगमन भइरहेको दाबी गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई कहिल्यैपनि व्यवस्थित गर्न सकेको छैन । विभागका प्रवक्ता शिवराज सेढाईं देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई थप प्रभावकारी बनाइएको बताउनुहुन्छ ।

विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन भैरहेको र बजारमा मनोमानी बढ्न नदिने उहाँ बताउनुहुन्छ । कुनैपनि सरसामान किन्दा ’आफू ठगिएँ’ भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्री नम्बर ११३७ मा फोन गरेर वा आफै उपस्थिच भएर गुनासो गर्न विभागले सबै उपभोक्तालाई आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6