Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचरित्रहत्या गर्ने भिडियो प्रसारण गरेका चार जना युट्युबर पक्राउ, अनुसन्धान हुँदै

चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेका चार जना युट्युबर पक्राउ, अनुसन्धान हुँदै


काठमाडौं । युट्युब च्यानलमा महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्ता समेत) प्रसारण गरी चरित्र हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट समेत खुलेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्याई घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको पाइएपछि चार जनालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जानकारी दिएको हो ।

यी हुन पक्राउ पर्नेहरु
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेक पलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन् ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ परेकाहरुमाथि बुधबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको जानकारी दिनुभयो । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पछिल्लो समय युट्युब च्यालनका आउने भिडियो सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ ।

कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्य तथ्यमा आधारित नरहेको तथा चरित्र हत्या गर्ने र व्यक्तिगत विषयलाई सनसनी बनाएर सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ । पत्रकार आचारसंहिताको समेत ख्याल युटुबरले नगरेको गुनासो बढ्दा प्रहरीले निगरानीसहित कारबाहीमा ध्यान केन्द्रित गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6