Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफिल्म‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपालमा

फिल्म‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपालमा


काठमाडौं । बलिउडका तीन कलाकार फिल्म सुटिङका लागि नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुग्नुभएको हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा ‘उचाई’ फिल्म सुटिङ गर्ने प्रयोजनका लागि नेपाल आएको जानकारी दिनुभएको छ । टोली सोमबार काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्ने बारे केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन हुने बताइएको छ । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेर फर्किएको थियो ।

मनाङमा करिब १० दिन फिल्मको छायाङ्कन हुने बताइएको छ । फिल्मका लागि नेपालका अन्य स्थानसमेत छनोट भएको भएपनि विस्तृतमा खुलाइएको छैन । अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6