Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमार्च १६ मा ७० औं मिस वर्ल्डको ग्रान्ड फिनाली, मिस नेपालसहित ४० जनालाई निम्तो

मार्च १६ मा ७० औं मिस वर्ल्डको ग्रान्ड फिनाली, मिस नेपालसहित ४० जनालाई निम्तो


काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाली ४० जना प्रतिस्पर्धीलाई सहभागि गराएर हुने भएको छ । मिस वर्ल्डले एक सूची सार्वजनिक गर्दै यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनौट गरेका २५ सहित चालिसजना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइने जानकारि दिएको हो ।

उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि समेटिएकि छिन् । नम्रता हेड टु हेड च्यालेन्जबाट मात्र छानिएकि हुन । कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई फिनालीमा सहभागी गराइने र निम्तो नगरिएका प्रतिस्पर्धीलाई भर्चुअलरुपमा सहभागी गराइने बताइएको छ ।

फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुग्नुपर्नेछ । मार्च १६ मा ७० औं मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ । मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ भने मार्च १८ मा सहभागी स्वदेश फर्कने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6