Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालस्थित ट्रिपल स्टार म्यानपावरमा अभियान्ता र यूट्युवर कुटिए, मन्त्रीले कस्तो लेलान एक्सन ?

नेपालस्थित ट्रिपल स्टार म्यानपावरमा अभियान्ता र यूट्युवर कुटिए, मन्त्रीले कस्तो लेलान एक्सन ?

बचाउ बचाउको गुहार किन कसैले सुनेनन ?


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १४ सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीको कार्यालय परिसरमा भएको कुटाकुट र हारगुहारको दृश्य यतिबेला सामाजिक सञ्जालसँगै सञ्चार माध्यममा भाइरल भइरहेको छ । यसरी कुटिएका व्यक्ति थिए, वैदेशिक रोजगारीका लागि दुवई पुगेका युवाहरु समस्यामा परेपछि त्यसलाई ‘सुल्झाउन’ भन्दै पुगेका ‘हाम्रो नेपाल हामी नेपाली’ का अभियन्ता दशरथ भण्डारी र यूट्युवर दिपेशराज पाण्डे र हरीप्रसाद पाठक ।

यूट्युबर प्रकाश थापा, अभियन्ता दिपेशराज पाण्डेसहित अन्य पीडितका परिवार भने भागेर जोगिएको बताइरहेका छन् । युट्युबर र अभियन्ता मात्रै नभएर समाचार संकलनका लागि पुगेका टेलिभिजनकर्मीमाथी समेत ट्रिपल स्टार म्यानपावरले दुब्यवहार गरेको छ । यो घटनाले मेनपावरमा गुण्डा पालिएको हुन्छ भन्ने आरोपलाई सहि सावित गर्न खोजेको छ । होला, यहाँ यूट्युबर अनि अभियन्ताले बोलेका कतिपय बोली र ब्यवहार चित्तबुझ्दा भएनन होला, यही कारणले लखेटी लखेटी कुटीनु गम्भिर अपराध हो । अझ, घटनास्थल पुगेको प्रहरीले समेत पीडितलाई साथ दिनुको साटो कुट्नेहरुलाई भगाउन भूमिका खेलेको आरोप लागिरहेको छ । महानगरीय प्रहरी बृत्त महाराजगञ्ज पुगेका अभियन्ता ज्ञानेन्द्रबहादुर शाही र पीडितको जाहेर लिन इन्कार गरिएको भन्दै प्रहरी प्रशासन माथी समेत मिलेमतोको प्रश्न उठाइएको छ ।

मंगलबार झडप हुने घटना यसकारण सिर्जना भएको थियो
१२ जना नेपाली युवाहरुलाई भिजिट भिषामा युएई पुर्याएर आम्र्स गार्डमा काम लगाइदिन्छु भनेर मेनपावरले प्रलोभन दिएको थियो । एक लाख २० हजार तलब हुन्छ भन्दै प्रतिव्यक्ति ७ लाखदेखि ८ लाखसम्म असुलेर दुबई पुर्याइएका युवाहरु ३ महिनादेखी अलपत्र बनाइए । म्यान पावरले प्रतिबद्धता अनुसारको काम लगाउन नसकेपछि उनीहरु विचल्लीमा परे । यही फेब्रअरी ९ तारिकमा उनीहरुको भिषाको अवधि सकिँन लागेपछि परिवारमा जानकारि गराएर स्वदेश झिकाईदिन वा म्यानपावरमार्फत कामको पहल गरिदिन पीडितले नै हारगुहार गरेपछि यो घटना सामाजिक अभियन्तासहितका केही यूट्युव मिडियासम्म पुगेको थियो । उनीहरुले पटक–पटक सम्पर्क गरेर सञ्चालकसँग भेट्न पुगेको दाबी गरिरहेका छन् ।

के भन्छन त मेनपावर सञ्चालक ?
ट्रिपल स्टार मेनपावरका सञ्चालकमध्येका एक सरोजकुमार लामा दुखद घटना घटेको भन्दै पिडितको उपचार र क्षतिपूर्ती दिन र दोषीलाई कारवाही गर्न सघाउने प्रतिबद्धता जनाउँछन् । घटना बारे अनविज्ञ रहेको बताउने उनी त आफूहरुको नाम बेचेर अन्य कसैले भिजिट भिसामा पठाएको भएमा समेत दोषी खोज्न सघाउने आफूहरुले नियम संगत कामदार भिसा बाहेका नपढाएको दाबी गर्छन । सञ्चालकको यो भनाइले कतै यूट्युबर र सामाजिक अभियन्ताले अन्य कुनै म्यानपावरमा पुगेर गरेको हर्कद र मच्चाएको आतंकको बदला ट्रिपल स्टार मेनपावर परिसरबाट लिइएको त थिएन ? भन्ने प्रश्न उब्जाएको छ ।

यो घटनाले भिजिट भिसामा गएर काम गर्न नपाइने भए पनि म्यानपावरले सेटिङ गरेर पठाउने गरेका छन् भन्ने तथ्यलाई थप बल दिएको छ । पीडितका परिवारले बारम्बार ट्रिपल स्टार म्यानपावरमा पुगेर समस्याको समाधानका लागि पहल गर्न खोजेपछि सञ्चालकहरु गम्भिर देखिएका छैनन । बरु यो घटनाले मेनपावर व्यवसायीसँगै बैदेशिक रोजगार विभाग, अध्यागमन, नेपाल प्रहरी, गृह प्रशासन लगायतको सेटिङमै नेपालबाट मानव तस्करी भैरहेको त छैन भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।

वास्तविकताको खोजी गरेर दोषीलाई कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री किशान श्रेष्ठले भने घटनाको वास्तविकता बुझेर दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । म्यानपावरका सञ्चालकहरु र पीडित दुबै तर्फबाट दुई प्रक्रितिका भिडियो आफूलाई प्राप्त भएको भन्दै मन्त्रीले अभियन्ताको उपस्थिति र यूट्युबरको प्रस्तुती, समाचार प्रशारणका कारण वा नियोजित रुपमा म्यान पावर सञ्चालकबाट कुटपिट भएको हो भन्नेबारे अनुसन्धान थालिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

यता, वैदेशिक रोजगार व्यवसायी संघले भने युट्यूवर र सामाजिक अभियन्ताको दादागिरीले गर्दा दुखद घटना हुन पुगेको दाबी गदै विज्ञप्तीबाजी गरेको छ । हुन त यसअघि पनि यही म्यानपावरमा पुगेर भारतीय गिरोहको सेटिङमा युरोपेली मुलुकमा अबैद्य तरिकाले पठाउन लागिएको गुनासोका आधारमा बैदेशिक रोजगार विभागसहितको टोलीले अनुगमन गरेको थियो । होला अभियन्ता र केही यूट्युबरहरुले बोलेका बोली र म्यानपावर लगायतका कार्यालयमा पुगेर गरेका हर्कद अस्वभाविक थिए । यसो भन्दैमा राज्यका निकायमा दर्ता भएका र कानुन बिधि पद्धती मान्छु भन्ने म्यानपावर कम्पनीले लखेटी लखेटी कुट्न मिल्दैन ।

भिजिट भिसाका नाममा डरलाग्दो मानव तस्करी
विदेशमा पुगेर अलपत्र परेकाहरुलाई न्याय दिलाउन र मंगलबार घटेको कुटपीटको घटनाको वास्तविकता पहिचान गरेर बैदेशिक रोजगारीका नाममा हुने व्यथिति रोक्न राज्यका सबै निकायहरु गम्भिर बन्नुपर्छ । यो एउटा घटना मात्रै होइन्, सन् २०२१ मा भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका छन् । यीमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेको देखिन्छ ।

यीमध्ये सात हजार ६६ जना मात्रै वास्तविक पर्यटक रहेको दाबी गर्ने अध्यागमनले किन राज्यका निकयमार्फत यो सेटिङ भत्काउने पहल गर्न चाहेन रु सन् २०१९ मा मात्रै दुई लाख नेपाली भिजिट भिसामा युएई गएको तथ्यांक संकलन गरेर बस्ने सरकारी निकायहरु विदेशमा अलपत्र बनेर बसेका नेपालीहरुको हारगुहारमा मात्रै चासो दिने कि ? भिजिट भिसाका नाममा भैरहेको मानवतस्करीको जालो तोड्न गम्भिर बन्ने ? सरकार र सरोकारवालालाई नै यो प्रश्न ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6