Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमोबाइल, टिभि लगायत १० प्रकारका सामान नेपाल ल्याउन रोक, व्यक्तिगत प्रयोजनमा के होला ?

मोबाइल, टिभि लगायत १० प्रकारका सामान नेपाल ल्याउन रोक, व्यक्तिगत प्रयोजनमा के होला ?


काठमाडौं । सरकारले देशको पूँजी पलायन रोक्न भन्दै १० प्रकारका सामानको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार विलासी उपभोग्य सामानको आयातमाथी रोक लगाएको हो ।

मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव डा.नारायणप्रसाद रेग्मीले वैदेशिक रोजगारी, अध्यय, व्यवसायी उद्देश्य र भ्रमणका क्रममा रहेका नेपालीहरु स्वदेश आउने क्रममा ल्याइने सरसामानमा यसअघिकै व्यवस्था लागू हुने बताउनुभयो । व्यवसायिक प्रयोजनले ल्याइन सरसामानमाथी मात्रै अर्को व्यवस्था नहुदासम्म सरकारी प्रतिबन्ध लागू हुने उहाँले बताउनुभयो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानको विवरण :
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

यस्तै, सरकारले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देजको व्यवस्था लागू नहुने जानकारि दिएको छ । वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा बन्देज लागू नभएपनि यसपछि व्यवसायिक प्रयोजनको सरसामान ल्याउन नपाइने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6