Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल आउने रेमिट्यान्स निरन्तर घट्दै, कारण यस्तो !

नेपाल आउने रेमिट्यान्स निरन्तर घट्दै, कारण यस्तो !


काठमाडौं । नेपाल भित्रिने रेमिट्यान्स पछिल्लो समय घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा आउने रेमिट्यान्स ० दशमलब ६ प्रतिशतले घटेर ७ खर्ब २४ अर्ब ७४ करोडमा सिमित भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो नौँ महिने अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ० दशमलब ६ प्रतिशतले कमी आएको बताइएको छ । अघिल्लो वर्ष भने यो अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६ दशमलब ५ प्रतिशतले बढेको थियो ।नेपालमा डलरको सञ्चिति कमजोर भएको समयमा अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा समेत २ दशमलब २ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३ दशमलब १ प्रतिशतले बढेको भएपनि पछिल्लो ९ महिनामा ६ अर्ब ५ करोडमा सिमित भएको पाइएको छ ।

सरकारले हुण्डी, डिजिटल मुद्राको कारोबार हुने क्रिप्टो लगायमाथीको नियमनलाई कडा पार्दै प्रतिबन्ध बढाइरहँदा रेमिट्यान्स घट्नुलाई अर्थतन्त्रमाथीकै चुनौँतीका रुपमा हेरिएको छ । लुकीछिपी हुने हुण्डीको बढ्दो कारोबारकै कारण बैंकिंङ प्रणाली र आइएमईमार्फत आउने रेमिट्यान्स घटेको अर्थविद्हरुको आँकलन रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6