Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब नेपालमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्धमा उडान सुचारु

अब नेपालमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्धमा उडान सुचारु


काठमाडौं,भैरहवा । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गरेसँगै विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको छ । ठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने बताइएको छ । हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरेको थियो ।

पहिलो उडान जजीरा एयरलाइन्सको
विमानस्थलको उद्घाटन हुनुअघि नै कुवेतबाट जजीरा एयरलाइन्सको एयरबस ३२० विमानले बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेर व्यवसायिक उडानको सुरुवात गरेको थियो । पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सबाट आएका सबै यात्रुलाई विमानस्थलमा भब्य स्वागत गरिएको थियो । जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने छ ।

प्रधानमन्त्री देउवाले के भने ?
विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री शेरबहादुर देउवाले मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताउनुभएको छ । मुलुकको आर्थिक विकासमा समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने समेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

पर्यटनमन्त्री र पर्यटनवोर्डाका सीइओको यस्तो जिकिर
पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम बहादुर आलेले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्कमा छुट दिइने बताउनुभएको छ । पोखारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि चाँडै नै सञ्चालनमा ल्याइने मन्त्री आलेको दाबी थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभएको छ ।

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको थियो । सबै ठेक्का कार्गो भवनसहित विमानस्थलका लागि १० अर्ब र जग्गा अधिग्रहणको मुआब्जाका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6