Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal८ वर्षअघि बलात्कार, पीडित किशोरीले घटना सार्वजनिक गरेपछि अभियुक्त पक्राउ !

८ वर्षअघि बलात्कार, पीडित किशोरीले घटना सार्वजनिक गरेपछि अभियुक्त पक्राउ !


काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्ने क्रममा किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना आयोजक पक्राउ परेका छन् । किशोरिले लगाएको अभियोगका आधारमा कार्यक्रम आयोजक मनोज पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेसहितको टिमले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको सामाजिक सञ्जालमार्फत पीडितले अभियोग लगाएकी छिन् । तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको दाबी पीडित किशोरीले गरेकी छिन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको पीडितले बताएकी छिन् । उनले सौन्दर्य प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमको बाहानामा हिंसा हुने गरेको खुलाशा गर्दै पीडित युवतिले फोटो भीडियो खिज्दा होस् वा प्रतियोगितामा सहभागि हुँदा आमसहित उपस्थित भएर हिंसाबाट जोगिन सुझाब दिएकी छिन् ।

कानुनी अड्चन, संसदमा समेत हदम्यादको बहस
जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको छ । आठ वर्षअघिको घटनाको अनुसन्धानमा कानुनी जटिलता हुने बारे पुनः विक्षिप्त हुँदै युवतीले थप भिडियो सार्वजनिक गरेपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको छ । कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । यता, सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवा तथा अभियन्ताहरुले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, माइतिघर, राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएका छन् । शनिबार नेपालका विभिन्न ठाउँमा पीडकलाई कारबाही र पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहँदा अभियोग लगाइएका मुख्य व्यक्ति पक्राउ परेका छन् ।
गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य रहेका छन् ।

जबरजस्ती करणीको मुद्दामा एक वर्षे हदम्याद भएकाले मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिएको आधार मानेर कारबाही अघि बढाउने तयारी गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6