Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबढ्यो नेपालको आन्तरिक हवाई उडान भाडा, कहाँको कति मुल्य ?

बढ्यो नेपालको आन्तरिक हवाई उडान भाडा, कहाँको कति मुल्य ?


काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जानकारि दिएको हो।

नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ–धनगडीमा ४ सय ४५ र काठमाडौं–सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ ।

यस्तो छ पछिल्लो हवाई भाडा
काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाडौँ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6