Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, यस्तो छ नीति तथा कार्यक्रममा

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, यस्तो छ नीति तथा कार्यक्रममा


काठमाडौं । अब विदेशमा रहेका नेपालीहरुले समेत मताधिकार प्रयोग गर्न पाउने भएका छन् । सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आधुनिक सूचनाको प्रयोग मार्फत प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने जानकारि दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार कानुन र व्यवस्थापनमा सरकारले तदारुकता देखाएमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमै प्रवासमा रहेका नेपालीले भोट हाल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन निर्माण गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।’

लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेको भएपनि सरकारबाट बेवास्था हुँदैआएको थियो । विदेशमा रहेका नेपालीहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान दिदैआएको र बैद्यिक जनशक्तिको विबेक निर्वाचनमा महत्वपूर्ण हुने निष्कर्षसहित सरकार मताधिकार दिलाउन अग्रसर भएको विश्लेषण गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6