Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतारा एयरको जहाज दुर्घटना भएको आशंकासहित खोजी तिब्र, विमानमा यात्रारत २२ जना को–को ?

तारा एयरको जहाज दुर्घटना भएको आशंकासहित खोजी तिब्र, विमानमा यात्रारत २२ जना को–को ?


काठमाडौं । पोखराबाट जोमसोमका लागि तेस्रो उडान भरेको तारा एयरको ९ एन–एईटी कलसाइनको जहाज मुस्ताङको घाँसा क्षेत्रमा दुर्घटनामा परेको आशंकासहित खोजी तिब्र पारिएको छ ।

९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रुसहित लेतेपास क्षेत्रबाट सम्पर्कबिहिन भएको थियो । विमान सम्पर्कबिहिन भएको क्षेत्रमा स्थानीयले ठूलो आवाज सुनेको र आगोको मुस्लो समेत देखेको बताएपनि उद्धार टोली घटनास्थलमा नपुगेकाले आधिकारिक पुष्टि हुन सकेको छैन ।

सम्पर्कविहिन भएको विमानमा को को थिए ?
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, वैभवी बाण्डेकर, युवी विल्नर र मिक ग्रायट सवार थिए ।

विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालकका रुपमा उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा चालकदल सदस्यका रुपमा रहेका थिए ।

यात्रुहरुको नामावली :

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6