Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवार्डेनबाट बालिकामाथी यौन दुर्व्यवहार, सर्वनाम शिक्षालयका प्रिन्सिपल पक्राउ !

वार्डेनबाट बालिकामाथी यौन दुर्व्यवहार, सर्वनाम शिक्षालयका प्रिन्सिपल पक्राउ !


काठमाडौं । पछिल्लो समय महिला र बालबालिकामाथी दुर्ब्यवहार बढ्न थालेका छन् । त्यो पनि शिक्षित बर्गहरुबाटै । केही समय अघि चावहिलको सेन्ट लरेन्स कलेजका ११, १२ पढ्ने विद्यार्थीमाथी यौँन हिंसा भएको घटना सेलाउन नपाउँदै काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका वार्डेनले तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षालयमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थी र अभिभावकले १५, १३ र १२ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । यहि विषयलाई लिएर आज शिक्षालयका प्रधानाध्यापक, विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा केही समय तनावपूर्ण अवस्था पैदा भएको थियो । प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले तनाव मत्थर गर्न प्रहरी शिक्षालयमा पुगेको जानकारि दिनुभयो । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहनुभएको छ । १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेपछि प्रहरी पुगेर स्थिति सामान्य बनाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका भएपनि कुनै चासो नदेखाएको भन्दै सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीले जानकारि दिएको छ । प्रिन्सिपलले आफूहरुमाथी दुब्र्यवहार गरेको आरोप विद्यार्थी र अभिभावकले लगाएका छन् ।

आरोपित वार्डेन बस्नेत भने अहिले सम्पर्क बिहिन छन् । विद्यार्थी तथा अभिभावकले प्रहरीको अनुरोध पछि जाहेरी दर्ता गराएका छन भने प्रहरीले बस्नेतको खोजि थालेको छ । शिक्षालय प्रशासनले भने अहिलेसम्म घटना बारे औपचारिक रुपमा मुख खोलेको छैन । हिंसामा परेका विद्यार्थीहरु १२ जना बढी हुनसक्ने अभिभावकहरुले बताएका छन् । अभिभावक विदेशमा रहेकाहरुमाथी छानिछानी यौनहिंसा गरेको आरोप पीडित परिवारले लगाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6