Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्यो रगतको मूल्य, निःशुल्क दानको रगतमा व्यापार !

नेपालमा बढ्यो रगतको मूल्य, निःशुल्क दानको रगतमा व्यापार !


काठमाडौं । भनिन्छ रक्तदान महादान । अनि नारा नै छ– रक्तदान, जीवन दान  ! दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ । सोहीअनुरूप विभिन्न स्थानमा रक्तदानका लागि आयोजना गरिएका स्थानमा पुगेर दाताले निःशुल्क रगत दान गर्छन । तर, ब्लड बैंक, रेडक्रस र अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुँदै आएको छ ।

विभिन्न स्थानका अस्पतालैपिच्छे फरक–फरक मूल्य असुल भैरहेको छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मात्रै होइन जिल्ला शाखाहरुले समेत विभिन्न बहानामा उच्च शुल्क उठाइरहेका छन् । अर्थात रेडक्रसमै मुल्यमा एकरुपता छैन् । संसारभर रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न परीक्षणका नाममा घुमाउरो तरिकाले ब्लड बैंक र अस्पतालहरूले रगतको समूह पहिचान, एचआईभी परीक्षण, हेपाटाइटिस,भीडीआरएल जस्ता परीक्षण गर्ने बहानामा मनपरि शूल्क लिइरहेका छन् ।

रक्तदाता र अभियान्ताहरू भने कुनै पनि बहानामा रगतमा पैसा लिन नहुने आवाज उठाइरहदा सरकारले भने रगतको मुल्य बढाएर महंगो बनाएको सुचना जारी गरेको छ । यसअघि प्रति युनिट ५ सय २५ रुपैया रगतको मूल्य बढाएर अब प्रति युनिट रगतको सेवा शुल्क ८ सय १० देखि अधिकतम १ हजार ६ सय ४० सम्म पुर्याइएको छ । निशुल्क वितरण गर्नुपर्ने रगत सरकारबाटै मुल्य बढाउदा चौतर्फी बिरोध भइरहेको छ ।

जेल कार्ड प्रक्रियाबाट रगतको समूह छुट्याइए त्यसको मूल्य प्रतियुनिट एक हजार दुई सय १०, जेल कार्ड प्रक्रियाबाट रगतको क्रस म्याचिङ गरिए एक हजार ९०, जेल कार्ड प्रक्रियाबाटै रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) गरिए उपभोक्ताले एक हजार तीन सय ४० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस जेल कार्ड र सेला प्रक्रियाबाट गरे त्यसको मूल्य एक हजार ६ सय ४० रुपैयाँ पर्ने गरी नयाँ मूल्य तोकिएको छ ।

नेपाल रेडक्रसले हालै दुई वटा मेसिन भित्र्याइएको छ । एफआरआई एसएस मेसिनबाट घाइते वा विरामीलाई कुन तत्व आबश्यक हुन्छ त्यहि लिन्छ र अरु रगत फिर्ता गरिदिन्छ । त्यस्तै, किल्या मेसिन मार्फन रगतको परिक्षण विश्व स्वाथ्य संगठन अनुसार गरेर मात्रै एचआईभी एड्स, एचविएस, सेल्फिस एचसीभि जस्ता ४ वटा रोगबाट बचाउने गरी रगको परिक्षण गरिन्छ । यी मेसिनबाट रगत परिक्षण गरे विरामीलाई सहज हुने दाबी रेडक्रसको छ ।

सरकारले निशुल्क रुपमा रगत दिनुपर्ने भएपनि तत्काल त्यो सम्भव नभएको र रगतको मुल्य समायोजनले एकरुपता कायम गरेको १ सय २८ पटक रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य बसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ । विभिन्न नीजि अस्पतालले प्रति युनिट २५ सय भन्दाबढी रकम असुली रहेको र रेडक्रसमै मुल्य एकरुपता नभएका कारण सरकारको निर्णयले अव रगतको मुल्यमा एकरुपता आएको श्रेष्ठ दावी गर्नुहुन्छ । मुल्य निर्धारणपछि अनुगमनको पाटोमा सरकार चनाखो हुनुपर्ने दाबी गर्ने श्रेष्ठ स्थानीय सरकारमार्फत बिपन्नहरुलाई निशुल्क रगत उपलब्ध गराउनुपर्ने पक्षमा हुनुहुन्छ ।

रगतको मुल्यबृद्धिबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री नै अनभिज्ञ हुनुहुन्छ । मन्त्री विरोध खतिवडालाई नेपाल ट्युबले दानको रगतमा मूल्य बढाएर ब्यापार गर्न खोजिएको हो ? भन्ने प्रश्नमा जवाफ आयो, – ‘निजि रक्तकेन्द्रहरुबाट प्राप्त हुने रगतको मात्रै मुल्य बढाएको हो, परिक्षण देखि रगत राख्नका लागि चाहिने सामग्रीको मूल्य बढेकोले परिक्षण शुल्क मात्रै उठ्ने वातारण बनाइएको हो ।’ तर सबै रगतको मूल्य सरकार आफैले एकरुपताका नाममा बढाएको छ । रगतको अभाव हुन नदिन पछिल्लो समय व्यक्ति र सामाजिक संघसंस्थाले रेडक्रससँगको सहकार्यमा निःशुल्क रक्तदान गर्दै आएका छन । तर, अस्पताल तथा ब्लड बैंकहरूले मनपरि रकम असुल्दा रक्तदान गर्नेहरुले पनि चित्त दुखाएका छन् ।


ट्याग : #अस्पताल, #ब्लड बैंक, #रक्तदान, #रेडक्रस
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6