Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalदूधेबालक च्यापेर चारदिनदेखी अनशनमा ‘कुमारी आमा’, कस्ले दिने न्याय ?

दूधेबालक च्यापेर चारदिनदेखी अनशनमा ‘कुमारी आमा’, कस्ले दिने न्याय ?


काठमाडौं । चार दिनदेखि दूधेबालक च्यापेर काठमाडौंमा आमरण अनशनमा बसेकी ‘कुमारी आमा’ निहारिका राजपूतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदैआएकी नेहारिका सरकारसँगै अदालतबाट समेत आफू अन्यायमा परेको भन्दै अनशनमा बसेकी हुन् ।

उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भन्दै गएपनि अनशन तोडाउने बारे कसैले पहल गरेको छैन । बलात्कारपश्चात् रहेको गर्भबाट छोरा जन्माएकी उनी ३ वर्षदेखि न्यायको लडाइमा छिन्। छोरा विआन राजपूत अहिले २१ महिना मात्रैका छन् । तर यी अबोध बालक अहिले आमरण अनशनमा बसेकी आमासँगै छन्।  बलात्कृतपछि आमाबुवा र तीन जना दिदीले तिरस्कार गरेको र सङ्घर्षको मैदानमा एक्लै होमिनु परेको निहारिका बताउँछिन् । गत शुक्रबार न्यायका लागि भन्दै माइतीघरमण्डलामा आमरण अनशन शुरु गरेकी निहारिकालाई रात परेपछि प्रहरीले बलजफती उठाएको थियो। यसपछि उनले बसन्तपुरमा पुगेर अनशन थालेकि छिन् ।

आफ्ना माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने निहारिकाका यस्ता छन मागहरु
– काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? अपराधीको पक्षमा फैसला गर्ने न्यायाधीशमाथी छानविन, आफ्नो बच्चाको डीएनए परीक्षण गरी छोरालाई न्याय दिनुपर्ने
– उच्च अदालतमा ४ महिनाअघि दर्ता गरेको मुद्धाको छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्ने।
– खुलेआम हिडिरहेको बलात्कारीलाई प्रहरी प्रशासनबाट पक्राउ गरेर पुनः अनुसन्धान हुनुपर्ने ।
– फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश माथी अनुसन्धान र छानबिन गर्नुपर्ने ।
– बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गर्नुपर्ने ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6