Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमिस नेपाल–२०२२ को उपाधि प्रियंका रानी जोशीलाई, को बने अरु बिजेता ?

मिस नेपाल–२०२२ को उपाधि प्रियंका रानी जोशीलाई, को बने अरु बिजेता ?


काठमाडौं । मिस नेपाल–२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ । ललितपुरको गोदावरीमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभएको थियो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाको अन्तिम राउण्डमा २४ जना सहभागी थिए । यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थको उपाधी सरिसा श्रेष्ठले पाउनुभएको छ । विभिन्न ९ वटा सब–टाइटलका विजेता समेत आजै घोषणा गरिएको थियो ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना सुन्दरीहरुले आवेदन दिएका थिए । द हिडन ट्रेजरले प्रतियोगिताको आयोजना गर्दैआएको छ । अघिल्ला २ वर्ष भने कोरोना महामारिका कारण प्रतियोगिता रोकिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6