Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा अब गर्भपतन गर्न नपाइने, यस्तो आयो अदालती फैसला !

अमेरिकामा अब गर्भपतन गर्न नपाइने, यस्तो आयो अदालती फैसला !

बिरोधमा विभिन्न स्थानहरुमा प्रदर्शन सुरु


काठमाडौं,न्युयोर्क । अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका हुन ।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा फैशला गर्दै गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको भनिएको छ । राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भन्दै प्रतिक्रिया दिनुभएको छ । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन नै सुरु भएका छन्। अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक समेत बन्द गरिएका छन् । अदालतको फैसलापछि चौतर्फी बिरोध बढिरहँदा धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन्। सन् १९७३ मा गर्भपतनलाई वैध बनाइदा उनीहरुले त्यसको विरोधमा उभिएका थिए ।

फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिनुभएको छ । अमेरिकी संविधानमा गर्भपतनसम्बन्धी अधिकार स्पष्ट रुपमा उल्लेख गरिएको छैन। यद्यपी विभिन्न समयमा भएको अमेरिकाको मत सर्वेक्षणहरूले अधिकांश अमेरिकी महिलाहरू गर्भपतन अधिकारको पक्षमा रहेको देखाएका छन्। अदालती आदेशले राज्यहरूलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने भन्ने विकल्प खोज्ने अवस्थामा पुर्याएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6