Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसधै छलफल र बहस मात्रै, कहिले पाउने विदेशमा बस्ने नेपालीले मतदानको अधिकार ?

सधै छलफल र बहस मात्रै, कहिले पाउने विदेशमा बस्ने नेपालीले मतदानको अधिकार ?


काठमाडौं। सर्वोच्च अदालतले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकार र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको भएपनि अहिलेसम्म अधिकार स्थापित भएको छैन । अदालती आदेशको बर्षौपछि बल्ल निर्वाचन आयोग अनलाइन भोटिङ सिस्टमको प्रयोग मार्फत सबैको मतदान अधिकार सुनिश्चित गर्ने बारे छलफलमा जुटेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराउँदै आगामि निर्वाचनमै अधिकार स्थापित गराउनेबारे गहन छलफल भैरहेको बताउनुहुन्छ ।विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिरहेको दाबी आयोगले गरिरहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसहित गैर आवासीय नेपाली संघका प्राविधिक समूहसँग आयोगले यसै विषयमा बुधबार भेट गरेको छ । निर्वाचन आयोगमा पुग्नुभएका एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताउनुभएको थियो । प्रविधिलाई निर्वाचनमा जोड्न सकेमा विदेशमा रहेका नेपालीहरुको मतदान सहज हुने र नेपालको निर्वाचनले सार्थकता पाउने अध्यक्ष केसीले बताउनुभयो ।

अदालतको पछिल्लो फैशलाले सुरक्षाकर्मी, निर्वाचनमा खटिने कर्मचारी र कैदीबन्दीलाई समेत मतदानको अधिकारबाट बञ्चित नगराउन सरकारलाई बाध्य बनाउने आँकलन गरिदैगर्दा विदेशमा रहेका नेपालीहरुले समेत आगामी निर्वाचनबाटै मताधिकारको अधिकार उपयोग गर्न पाउने आशा गरिएको छ । राजनीतिक दलका कतिपय नेताहरु समेत एनआरएनको मतदान अधिकारका बारेमा आवाज उठाइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6