Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalक्रिप्टो, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी !

क्रिप्टो, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी !


काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डलगायतको कारोबार नगर्न\नगराउन चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर नेपालमा कुनै पनि प्रकारका भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी रहेको पुनः स्मरण गराएको हो ।

क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएको मुद्राको कारोबार अबैधानिक भएको भन्दै राष्ट्र बैंकले सूचना निकालेर पटक पटक सचेत गराउँदै आएको छ । राष्ट्र बैंकले जारी गरेको पछिल्लो सूचनामा नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीलगायतले कानुनी मान्यता नपाएको, कारोबार वैध नभएको र कुनै पनि सुरक्षण नभएको जनाइएको छ । यस्तो कारोबारले जोखिम बढाउने भन्दै कारोबार नगर्न\नगराउन भनिएको छ । राष्ट्र बैंकले बारम्बार सचेत गराएपनि श्रोत नखुलेको लाखौँ रकमसहित व्यक्ति पक्राउ पर्ने क्रम बढिरहेको छ । कतिपय बैंक, सहकारी र प्रतिष्ठित फर्म व्यक्ति नै विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंकासहित प्रहरी, राजश्व अनुसन्धान र राष्ट्र बैंकले निगरानी बढाएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, सङ्घसंस्था र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले यस्ता अवैध कारोबार गरेको पाइएमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6