Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमेयर बालेन्द्रले किन चलाउँदैछन काठमाडौंका कम्प्लेक्स र घरमा डोजर ?

मेयर बालेन्द्रले किन चलाउँदैछन काठमाडौंका कम्प्लेक्स र घरमा डोजर ?


काठमाडौं । काठमाडौं महानगर भित्रका भुमिगत पार्किङ खाली गर्ने र अनधिकृत संरचना भत्काउने अभियानलाई मेयर बालेन्द्र साहले निरन्तरता दिनुभएको छ । मेयर बालेन्द्रसहितको एक्सन टिमले आज बानेश्वरको अल्फाबिटा कम्प्लेक्सले बनाएको अनाधिकृत संरचना हटाएको हो ।

काठमाडौंको शंखमुलको बर्गर हाउस लगायतका स्थानमा पुगेर भुमिगत पार्किङमा भएको व्यवसाय हटाउन आग्रह गरेर बानेश्वर अल्फाबिटा आइपुग्दा मेयर साह र कम्प्लेक्सका सञ्चालकबीच केही समय भनाभन भएको थियो । केही समयको भनाभनपछि महानगरको नक्सा शाखा पुगेका मेयर पछि नक्सा र डोजर बोलेर अल्फाबिटाले बनाएको नक्सापास बिनाको संरचना भत्काउन आइपुग्नुभएको थियो । डोजर चलाएर संरचना भत्काउन खोज्दा समेत केहीबेर अबरोध झेल्नुपरेपनि मेयर साहले अल्फाबिटा फार्मेसी राखिएको नक्सापास बिनाको संरचना भत्काउनुभयो ।

बुधबार कोटेश्वरमा पुगेको महानगरको टोली आफै भुमिगत पार्किङ खाली गर्न आग्रह गरेर फर्किएको थियो भने बुधबार बिहान न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरू गरेको अभियान काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउस हुँदै अल्फाबिटासम्म पुगेको छ । अण्डर ग्राउण्डमा रहेको अल्फाबिटाको क्लिनिक भने आफै हटाउन भनिएको छ । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय जारी राखेपछि महानगर बाध्य भएर भत्काउन हिड्नु परेको मेयर साहले बताउनुभएको छ ।

काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेका भुमिगत पार्किङलाई एकपछी अर्को निसाना बनाउँदा ट्राफिक प्रहरी महाशाखा प्रमुख मिरा चौधरी, मेयर साह, वडाका जनप्रतिनिधि, नगर प्रहरी प्रमुख पाण्डे सहितको दलबल खटिने गरेको छ । अनुगमन कमिटिको प्रमुख मानिने उपमेयर सुनिता डंगोल भने यो अभियानमा कतै देखिनुभएको छैन । सिमित घरधनी र व्यवसायी बाहेकबाट मेयर बालेन्द्रको कदमको स्वागत हुँदैआएको छ ।

यता, काठमाडौं उद्योग वाणिज्य सङ्घले मेयर बालेन्द्र साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न आग्रह गरेको छ । अवैध संरचना हटाउने नाममा घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यवसायीहरुलाई विस्थापित गराउने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि पहल थाल्न समेत संघले माग गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6