Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमन्त्रीले पदको दुरुपयोग गर्दै थुनाएका सेक्युरिटी गार्ड छुटे !

मन्त्रीले पदको दुरुपयोग गर्दै थुनाएका सेक्युरिटी गार्ड छुटे !


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको हो ।

प्रजिअ रिजालले साधारण तारेखमा रिहा गरिएको बताउनुभयो । गुरुङसँग प्रशासनले केहीबेर बयान लिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । बयानमा गुरुङले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् । मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था अनुसार सोमबार गृहमन्त्री बालकृष्ण खाँडले आवश्यक प्रक्रिया पुरा गरेर छोड्न निर्देशन दिनुभएको थियो ।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उहाँकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर समेत भएको छ। रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको भएपनि गुरुङलाई  प्रशासनले सोमबार साँझ नै रिहा गरेको छ।

निर्दोषलाई सत्ताको आडमा थुनाएको भन्दै विरोध भएपछि मन्त्री श्रेष्ठको सचिवालयले पनि ‘गुरुङले गल्ती महसुस गरेको’ जिकिर गर्दै नियन्त्रणमुक्त गरिदिन आग्रहसहित विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्रशासन आफैंले म्याद थप गर्न लगाएको निर्णयबाट पछि हटेर गुरुङलाई थुनामुक्त गरेको बताइएको छ । यस घटनाले सत्ताको आडमा निर्दोषलाई पक्राउ गरेर कसरी फसाउने खेल हुन्छ भन्ने रहश्य छताछुल्ल भएको छ ।

यस्तो थियो घटना
भिसा सेन्टरमा बायोमेट्रिक दिन पुग्नुभएका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए । तर, मन्त्री श्रेष्ठ र उहाँका अंगरक्षकले उल्टै बलजफ्ती गरेर भित्र छिर्न खोजेपछि गुरुङले रोक्दै प्रतिवाद गर्दा स्थिति असहज बनेको थियो । त्यसपछि मन्त्री श्रेष्ठको निर्देशनमा उहाँका अंगरक्षक कार्कीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय १८ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । मन्त्री श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित भिसा सेन्टर पुग्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6